Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

जसपा नेपालले भदौ २५, २६ र २७ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक

जसपा नेपालले भदौ २५, २६ र २७ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक


  • 1.5K
    Shares

    जसपा नेपालले भदौ २५, २६ र २७ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । 

    प्रदेश समितिको अधिवेशन भदौ २५, २६ र २७ गते गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

    सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने बस्नेतबाट जानकारी पाइएको छ । 

    साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनौटको लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा निर्धारण भएको बस्नेतले बताएका छन् ।
     
    पार्टीको महाधिवेशनरअधिवेशनबाट निर्वाचित वा मनोनयनको प्रक्रियाबाट निर्वाचित पार्टीको कुनै पनि तहका पदाधिकारी वा सदस्यहरुले प्रदेश अधिवेशनका लागि प्रतिनिधिरपदाधिकारी वा सदस्यमा उम्मेदवारी दिन पाउने छ । 

     उम्मेदवारी दिनुभन्दा अगावै तत्काल कायम रहेको आ-आफ्नो पदीय दायित्वबाट राजिनामा दिई उक्त स्विकृत भएको प्रमाणसमेत आवेदन/ मनोनयन/उम्मेदवारी फारमसँग संलग्न गर्नुपर्ने बताइएको छ ।
     

     

    images
    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १५:१०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij