Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न यूरोपका देशलाई डब्ल्यूएचओको चेतावनी

तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न यूरोपका देशलाई डब्ल्यूएचओको चेतावनी


  • 6.5K
    Shares

    तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न यूरोपका देशलाई डब्ल्यूएचओको चेतावनी
    images

    काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यूरोपमा प्रतिबन्धहरु खुकुलो पारेमा भारतमा जस्तै कोरोना सङ्क्रमण फैलन सक्ने चेतावनी दिएको छ ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लुगले कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा यूरोपमा पनि भारतजस्तै कोरोना फैलन सक्ने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

    कोरोना भाइरसका नयाँ भेरियन्टहरु देखिएको र खोपको दर निकै कम रहेकाले यो बेला प्रतिबन्धहरु खुकुलो पारेमा कोरोनाको आँधी आउने क्लुगले बताउनुभयो ।

    भारतमा कोरोना सङ्क्रमण फैलिनुमा विभिन्न कारणले गरिएका भीडहरु रहेको भन्दै डब्ल्यूएचओले यूरोपमा पनि उस्तै गल्ति दोहोरिन थालेको बताएको छ ।

    झण्डै १६ प्रतिशत मानिसलाई कम्तीमा पहिलो डोज खोप दिइसकेपछि यूरोपका देशहरुले चरणबद्ध रुपमा प्रतिबन्धहरु खुकुलो पार्न थालेका छन् ।

    प्रकाशित मिति :बैशाख १७ २०७८ शुक्रवार - १२:१०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij