Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट


  • 1.2K
    Shares

    हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा  विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट

    काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। 

    इन्स्योरेन्सले एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

    साबिकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ८ गतेदेखि असार २२ गतेसम्ममा नवीकरण गर्दा ६० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट दिने निर्णय इन्स्योरेन्सले गरेको छ।

    कम्पनीका अनुसार ५ वर्षसम्म व्यतित भएको बीमालेखमा १०० प्रतिशत र ५ वर्षदेखि माथि व्यतित भएको बीमालेखमा ६० प्रतिशत छुट पाइने भएको छ। यस किसिमको व्यतित बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्रै प्रदान गरिने इन्स्योरेन्सले जानकारी दिएको छ।

    व्यतित बीमालेखको नवीकरण तथा पुनर्जागरण बीमित आफूलाई पायक पर्ने कम्पनीको प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गरी गर्न सकिने इन्स्योरेन्सले जानकारी दिएको छ।

    himalayan life.jpg

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १२:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij