२०८२ भाद्र २४ गते मंगलवार
विश्वभरीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ करोड भन्दा बढि भएको छ ।
जसमध्ये ३१ लाख ६३ हजार भन्दा बढि मानिसले भाइरसका कारण ज्यान गुमाएका छन् भने १२ करोड ८२ हजार मानिसले कोरोनामाथि विजय हासिल गरेका छन् ।
अहिले १ करोड ९३ लाख जना मानिसहरुको उपचार भइरहेको छ । ती मध्ये १ करोड ९२ लाख जना मानिसमा कोरोनाको हल्का लक्षण छ भने १ लाख १० हजार मानिसको स्थिति गम्भीर रहेको छ ।
यसैबीच, कोरोना भाइरसको इन्डियन भेरिएन्ट विश्वको १७ देशहरुमा पुगेको खबर सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार विश्वमा पछिल्लो हप्ता कोरोनाबाट ५७ लाख मानिसहरु संक्रमित भए ।
उक्त तथ्यांक पहिलेको पीक भन्दा अत्याधिक धेरै रहेको छ ।
अहिले इन्डियन स्ट्रेन अथवा बी १ ६१७ भेरिएन्ट (डबल म्युटेशन भेरिएन्ट) का कारणले नै भारतमा लगातार कोरोना संक्रमण बढेको हो । यसलाई डब्ल्यूएचओले भेरिएन्ट अफ इन्टरेस्ट घोषित गरेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ८ लाख ८५ हजार ६ सय ५ जना संक्रमितहरु थपिएक छन् भन् भने १५ हजार २ सय ८४ जनाले ज्यान गुमाएका छन् ।
नयाँ संक्रमितको तथ्यांकको दृष्टिकोणले हेर्ने हो भने सोमबार विश्वभरीमा थपिएका संक्रमितहरुमध्ये ४२ प्रतिशत संक्रमितहरु केवल भारतका मात्रै छन् ।
भारतमा ३ लाख ७९ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय फिजीमा समेत कोरोनाको इन्डियन भेरियन्ट फेला परेको खबर छ । महामारीको चेन तोड्नका लागि फिजीको राजधानी सुवामा १४ दिनको लकडाउन लगाइएको थियो ।
त्यसको एक दिनपछि भारतीय भेरिएन्ट पुष्टि भएपछि त्यहाँको स्वास्थ्य मन्त्रालय चिन्तित भएको छ ।
सबैभन्दा बढी संक्रमित भएका दश देश
अमेरिका : ३ करोड २९ लाख ८३ हजार ६ सय ९५
भारत : १ करोड ८३ लाख ६८ हजार ९६
ब्राजील : १ करोड ४५ लाख २३ हजार ८ सय ७
फ्रान्स : ५५ लाख ६५ हजार ८ सय ५२
रुस : ४७ लाख ८७ हजार ८७ हजार २ सय ७३
टर्की : ४७ लाख ५१ हजार २६
बेलायत : ४४ लाख ११ हजार ७ सय ९७
इटली : ३९ लाख ९४ हजार ८ सय ९४
स्पेन : ३५ लाख ४ हजार ७ सय ९९
जर्मनी : ३३ लाख ५१ हजार ४ सय ७४
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij