२०८२ भाद्र ८ गते आइतवार
आज बुधबार बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोलामा १३०० रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ भने अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij