२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । “गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा” पुर्याउने उद्देश्य लिएर आयोजना गरिएको रैथाने कृषि हाटबजार २०८२ जेष्ठ २४ गतेसम्म १००औं हप्तामा सञ्चालन भएको छ।
१०० औं हप्तामा प्रवेश गरेको सुअवसरमा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यतामा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
रैथाने कृषि बाली, परम्परागत सिप र ज्ञानहरूको संरक्षण, प्रवर्द्धन र बजारीकरण मार्फत रोजगार सृजना गर्ने, नेपाली मौलिक साँस्कृतिक खानाहरूको प्रवर्द्धनमा टेवा पुर्याउने र उत्पादित वस्तुहरूको उचित बजारीकरणका लागि उत्पादक किसान एवं उद्यमीहरूको सहभागितामा २०८० श्रावण १ गतेदेखि प्रत्येक शनिवार साप्ताहिक रुपमा बिहान ६-१२ बजेसम्म ओरिएन्ट क्याफे परिसर दरबारमार्गमा रैथाने कृषि हाटबजार सञ्चालन हुँदै आइरहेको छ ।
रैथाने कृषि हाटबजारको आयोजना तथा व्यवस्थापन ओरिएण्ट क्याफे दरवारमार्गसँगको सहकार्यमा रैथाने एग्री प्रडक्ट्स नेपाल प्रा।लि।ले गरेको हो। रैथाने एग्री प्रडक्ट्स् नेपालले उत्पादक किसानसँग सम्पर्क, समन्वय, सहजीकरण, बजार व्यवस्थापन, प्रचार प्रसार, परामर्श सेवा र अभिमुखिकरण आदिमा सहजीकरण गरेको छ भने ओरियन्ट क्याफेले निस्शुल्क रुपमा हाट बजार सञ्चालनको लागि स्थान, पिउने पानी, बैठक हल उपलब्ध गराएको छ। त्यसैगरि डेरी एशोसिसन नेपाल आगन्तुकलाई निस्शुल्क मोहीको व्यवस्थाको निम्ति यही उपलब्ध गराउँदै आएको छ।
यस कृषि हाटबजारमार्फत विषादी रहित रैथाने, स्थानीय कृषि उत्पादनहरूको मात्र बजारीकरण गरिने हुनाले जैविक उत्पादनको प्रवर्द्धन भई स्वच्छ वातावरण, स्वस्थ्य जीवन जीउने अभियानमा मद्दत पुगेको आयोजक संस्थाको दावी रहेको छ। साथै कृषि जैविक विविधता संरक्षण तथा आत्मनिर्भर कृषि व्यवस्थापन भई देशको संवृद्धिलाई समेत योगदान पुग्ने विश्वास गरिएको छ।
साप्ताहिक रैथाने कृषि हाटबजार
साप्ताहिक हाटबजारमा बिक्रि गरिने सामग्रीहरुको मापडण्ड बनाईएको छ, जुन मापदण्डको आधारमा बस्तुहरू बिक्री गर्ने अनुमति दिईने गरिएको छ । रैथाने वा स्थानीय उत्पादन भएको, रासायनिक वा विषादि प्रयोग नगरेको स्वदेशी उत्पादन, आफैँले बिक्रि गर्ने आदि रहेका छन्।
कुनै उत्पादक वा उद्यमीहरूले माथिका मापडण्डहरू पुरा गर्ने गरि समितिको स्वीकृतिमा स्टल उपलब्ध गराईने व्यवस्था मिलाईएको छ। त्यसै गरि युवा र महिला उत्पादक तथा उद्यमीलाई आफ्ना उत्पादन विक्रि गर्न प्राथमिकता एवं प्रोत्साहन गरिएको छ ।
उक्त हाटबजारमा ५६ जिल्लाका कृषक प्रतिनिधिहरूको औषत ३५ वटा विभिन्न उत्पादनहरूको स्टल रहने गरेको, प्रारम्भ देखि १०० हप्तासम्म महिला र यूवाहरुको उल्लेख्य सहभागिता रहेको र एकल महिलाको समेत सहभागिता रहेको कुरा आयोजक संस्थाका अध्यक्ष तिलकबहदुर ढकालले बताए ।
यस हाटबजारमा बिक्रिका लागि मुख्यतया ९ समूहका सामग्रीहरू रहेका छन्। तरकारी, फलफुल, गेडागुडी, पिठो एवं सातु, अचार, मस्यौरा, दुग्धजन्य, मासुजन्य उत्पादन, हस्तकला र रैथाने परिकार आदि थिए। हरियो तरकारी तर्फ, एकीकृत कीट व्यवस्थापन ९आईपिएम० र जैविक विधिबाट उत्पादित मौषमी तरकारी बिक्रि हुने गरेको छ।
फलफुलमा स्थानीय जातको केरा, मौसम अनुसारको फलफुल जस्तै स्याउ, मेवा, आँप, कागती, ड्रागन फल आदि विक्रि हुने गरेकोछ भने जंगली फलफूल पनि रुचाईएको छ। गेडागुडी तर्फ सिमी, भटमास, दाल रहेका छन् ।
घट्टमा पिसेको कोदो, मकै, फापर, गहुँ, चिनी र कागुनो पिठो पनि ग्राहकहरुले अत्यधिक रुचाउने गरेका संस्थाका प्रबन्ध निर्देशक शङ्कर गौतमले बताए । त्यसै गरी अन्य उत्पादनमा घरेलु अचार, घिउ, नौनी, चिज, पनिर, सिताके च्याउ र हस्तकलाका सामग्रीहरू लगायत खाद्य परिकार तर्फ फापर र कोदोको मस्मस् चिनो, कागुनो सेल रोटी रहेका बताए ।
त्यस बाहेक, भुटेको स्थानीय मकै, सिरौला, खट्टे, मुङ, मेथीको टुसा, पिनट बटर, लप्सी केण्डी, जडिबुटी एवं औषधियुक्त सामग्री ९यार्सा गुम्बा, सिलाजित, ओखरको तेल, भिर मह० र पञ्चगव्य धुप यस हाटबजारमा बिक्रि हुदै आएको छ ।
रैथाने कृषि हाटबजारमा प्रत्येक हप्ता औषत ३५ वटा स्टलबाट ३०० देखि ४०० जना ग्राहकहरूले रैथाने सामाग्री खरिद गर्ने गरेका आयोजकले जानकरी गराए ।
रैथाने कृषि हाटबजारका अन्य कृयाकलापहरू: आयोजक संस्थाका अध्यक्षले छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरूलाई स्वागत गर्दै रैथाने हाटबजारले सयौं हप्ता पूरा गरिरहँदाको अवस्थामा आईपुग्दा निम्न कार्यहरू गर्दै आईरहेको जानकारी गराए।
पुरस्कार तथा उपहार: उद्यमी तथा उत्पादकहरूको हौसला बढाउन निश्चित सुचकको आधारमा समितिले उत्कृष्ट उद्यमी तथा उत्पादकहरू छनौट गरि पुरस्कृत गर्दै आएको छ । त्यसै गरि ग्राहकको पनि हौसला बढाउन ग्राहकले कुनै स्टलबाट सामान किन्दा एउटा कुपन उपलब्ध गराईने र उक्त कुपन मध्ये गोला प्रथाबाट एक जनालाई पुरस्कार दिने व्यवस्थालाई निरन्तरता दिईएको छ ।
निस्शुल्क महीको व्यवस्था: ग्राहक, उद्यमी तथा उत्पादकहरुलाई प्रत्यक्ष मही तुलाएर निशुल्क खुवाउने व्यवस्था गरिएकोछ । त्यसका लागि नेपाल डेरी एशोसियशनले हरेक हप्ताको हाटबजारमा निशुल्क दहीको व्यवस्था गरेको छ ।
स्वास्थ्य शिविरस् रैथाने कृषि हाटबजारमा करिव १ महिनासम्म सामान्य स्वास्थ्य जाँच, निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन भएकोछ । त्यसै गरि प्राकृतिक चिकित्सा जाँच एवं परामर्श सञ्चालन भएको छ ।
रैथाने प्रवर्द्धनका लागि छलफल तथा अर्न्तकृया: रैथाने उत्पादनहरूको प्रवर्द्धनमा टेवा पुऱ्याउने हेतुले सरोकारवाला, विषयगत विज्ञहरुबिच विभिन्न समयमा ग्रामिण पर्यटन प्रवर्द्धनका लागि, रैथाने ज्ञान, सिप, प्रविधिहरूको जगेर्ना, रैथाने संरक्षण र प्रवर्द्धनमा स्थानीय निकायको भूमिका, रैथाने संरक्षण र प्रवर्द्धनमा नीति सम्वाद, रैथाने हाटबजारको स्थायित्व, आदि विषयमा छलफल तथा अन्तरकृया कार्यक्रम आयोजना गरिसकिएको छ ।
रैथाने हाटबजार अवलोकन: पूर्व राष्ट्रपति डा. रामबरण, पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व अर्थ मन्त्री डा। प्रकाश चन्द्र लोहनी, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट कृषक उद्यमीहरूलाई उत्प्रेरणा तथा आम उपभोक्ताहरूलाई जागृत गराउनको लागि विभिन्न समयमा हाट बजारको प्रत्यक्ष अवलोकन भएको छ।
स्थानीय निकायसँग सहकार्यस् स्थानीय तहबाट रैथाने कृषि उत्पादनको संरक्षण एवं प्रवर्द्धनमा पहलकदमी बढाउदै गरेको सन्दर्भमा कतिपय नगरपालिका तथा गाउँपालिकाहरू रैथाने कृषि बालीहरूको संरक्षण र प्रवर्द्धनमा लागेका छन् ।
१.बुढानिलकण्ठ नगरपालिका, बाजुरास २. धुलुङ्ग दुधकोशी गाँउपालिका, सोलुखुम्बुस ३. मकवानपुरगढी गाँउपालिका, मकवानपुरस ४. मालिका गाँउपालिका, गुल्मीस ५. हरिहरपुर गढी, सिन्धुलीस ६. मस्यांङ्गदी गाउँपालिका, लम्जुङ्गस ७. कृष्णपुर नगरपालिका, कन्चनपुरस ८. भानु गाउंपालिका, तनहुस ९. भोटखोला गाउँपालिका, संखुवासभास १०. खनिँयाबास गाउँपालिका, धादिङस ११. उत्तरगया गाउँपालिका, रसुवास र १२. हिमाली गाउँपालिका बाजुराद्वारा आफ्नो क्षेत्रमा उत्पादन भएका रैथाने कृषि उपज तथा बस्तुहरूको बजारीकरणका लागि अध्यक्ष सहितको सहभागितामा विभिन्न समयमा स्टल राखिएको थियो ।
यस हाटबजारमा केहि गाउँपालिकाबाट कृषि एम्बुलेन्स् मार्फत कृषि उपजहरू बिक्रिका निम्ति आउने गरेका छन् ।
अन्तर्राष्ट्रिय निकायसँग सहकार्य: अन्तरार्ष्ट्रिय कोदो बर्ष २०८० को अवसरमा विश्व खाद्य सँगठन र रैथाने एग्री प्रडक्ट्स नेपालद्वारा संयुक्त रुपमा विभिन्न प्रजातिको कोदोको प्रर्दशनी तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
स्वदेशी उत्पादनको प्रवर्धन रिकिशी कम्पोष्ट मल: रैथाने कृषि उत्पादन बृद्धि गर्न प्राङ्गारिक मलको महत्वपूर्ण भूमिका हुन्छ । भान्साबाट खेरा जाने बस्तुहरुको प्रयोग गरी घरमै मल बनाउन सकिने बिधिको बारेमा जानकारी गराउने हेतुले रैथाने कृषि हाटबजारमा उपस्थित उत्पादक एबं ग्राहक बर्गलाई सचेतना अभिवृद्धि गर्न रिकिशी कम्पोष्ट प्रा।ली। र रैथाने एग्री प्रडक्टस् नेपालद्धारा रिकिशी जैबीक कम्पोष्ट महत्व बारे अर्न्तकृया कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा हाटबजार सञ्चालनमा सहकार्य गर्दै आएका पाँचवटा स्थानीय निकाय (नगरपालिका तथा गाउँपालिका) का मेयर तथा अध्यक्षहरू, नेपाल डेरी एशोसिएसनका अध्यक्ष, स्थान उपलव्ध गराउने ओरियन्ट क्याफे परिवार, आयोजक रैथाने एग्रि प्रडक्टस् नेपाल, एवं उत्कृष्ठ स्टल व्यवस्थापन गर्ने तीन जना कृषक उद्यमीहरूलाई प्रमुख अतिथिबाट दोसल्ला तथा प्रमाण-पत्र प्रदान गरी सम्मान गरिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij