Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नेगेटिभ रिपोर्ट देखाई एउटै विमानमा दिल्लीबाट हङकङ पुगेका ५२ जना पुन: संक्रमित

नेगेटिभ रिपोर्ट देखाई एउटै विमानमा दिल्लीबाट हङकङ पुगेका ५२ जना पुन: संक्रमित


  • 6.0K
    Shares

    नेगेटिभ रिपोर्ट देखाई एउटै विमानमा दिल्लीबाट हङकङ पुगेका ५२ जना पुन: संक्रमित
    images

    दिल्लीबाट हङकङका लागि उडेको विमानका ५२ यात्रीमा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ महत्त्वपूर्ण कुरा के छ भने विमानमा यात्रा गर्नुअघि प्रत्येक यात्रीले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएका थिए ।

    भारतीय एयरलाइन्स भिस्ताराद्वारा सञ्चालित विमानमा गत अप्रिल ४ मा यात्रा गरिरहेका ५२ यात्रीमा कोरोनाको संक्रमण देखिएको हो । यो विमानभित्र भेटिएका कोरोना संक्रमितभन्दा पूरा हङ्गकङभर दैनिक भेटिने गरेका संक्रमितको संख्या कम छ ।

    हङ्गकङले जनवरीमा कोरोनाको चौथो लहरमाथि नियन्त्रण पाएको थियो । यता भारतमा भने दैनिक २८ सय बढीको मृत्यु भइरहेको छ । त्यहाँको स्वास्थ्य प्रणाली पनि धराशयी बनेको छ । उक्त विमानमा १८८ जना यात्री भएको बताइएको छ । यद्यपि, हङकङका अधिकारीले यात्रीको यकिन जानकारी दिएको छैन ।

    स्वास्थ्य विज्ञले विमानभित्रको भेन्टिलेसन प्रणालीका कारण अन्य यात्रीमा कोरोनाको संक्रमण सर्ने सम्भावना निकै कम भएको धारणा राखेका छन् । विज्ञका अनुसार यतिका धेरै यात्री कोरोनाद्वारा संक्रमित देखिनुमा चार कारण हुनसक्छन् । पहिलो कारण – विमान यात्राका लागि ७२ घण्टा पूर्व गर्नुपर्ने परीक्षण पश्चात् उनीहरु संक्रमित भएको हुनुपर्छ ।

    दोस्रो कारण – भारतको स्वास्थ्य प्रणालीले त्यहाँको स्थिति थेग्नै नसकेका कारण यसबारे सटिक जानकारी पत्ता लगाउन सकेन अथवा कतिले नक्कली परीक्षण रिपोर्ट पनि बनाएको हुनुपर्छ ।

    अथवा, विमानभित्र रहेको भेन्टिलेसन प्रणालीका बावजुद कोरोनाको गम्भीर किसिमको स्ट्रेन यात्रीबीच सरेको हुनुपर्छ । हङकङको सरकारले तीन हप्ताको बाध्यकारी क्वारेन्टिन तोकेको अवधिमा यस्तो रिपोर्ट आएको हो ।

    ५२ संक्रमित मध्ये एक रासिदा फातिमा आफ्ना दुई सन्तान र श्रीमानसहित विमानमा यात्रा गरेकी थिइन् । क्वारेन्टिन होटलमा बसिरहेका बेला उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

    अस्पतालबाट वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा फातिमाले आफूलाई विमान भित्रबाटै कोरोनाको संक्रमण सरेको आशंका गरेकी छन् । उनका अनुसार उनको पूरा परिवारले मास्क लगाएको थियो र विमानको बाथरुम प्रयोग गर्नबाट पनि बचेका थिए ।

    उनका अनुसार केही यात्री लगातार खोकिरहेका थिए र कतिले खाना खाँदा मास्क पनि निकालेका थिए ।

    ‘हामी चकित परेका छौँ,’ नन्दा ट्राभलकी निर्देशक पुनम नन्दाले भनिन् । ‘विमानभित्र यत्तिका धेरै कोरोना संक्रमित भेटिएकोमा हामी हैरान छौं ।’

    एरिक फेगल–डिङ, अमेरिकी वैज्ञानिकको फेडेरेशनका महामारी विशेषज्ञले ट्वीटरमा दिएको जानकारी अनुसार होटल क्वारेन्टिन अघि आठ जना यात्रीमा कोरोना संक्रमण देखिएको थियो । अन्य संक्रमित क्वारेन्टिनका बेला देखिएको हो ।

    ‘यदि होटल क्वारेन्टिनको नियम लागू नभएको भए हङकङमा कोरोना फैलिने थियो,’ उनले भने । ‘त्यसैले त क्वारेन्टिन महत्त्वपूर्ण छ ।’

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १४:५७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij