Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना


  • 2.5K
    Shares

    • images
    निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

    काठमाडौं । निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । 

    सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख रहेको केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका छन् । 

    प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।

    उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन् ।

    त्यस्तै स्थानीय  र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग उनीहरूको रहेको छ ।

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - ११:२६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij