Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोरोना भाइरस पश्चिम एसियाबाट उत्पत्ति भएको दाबी, २५ हजार वर्षदेखि कोरोनाको शिकार बन्दै मानिसहरु

कोरोना भाइरस पश्चिम एसियाबाट उत्पत्ति भएको दाबी, २५ हजार वर्षदेखि कोरोनाको शिकार बन्दै मानिसहरु


  • 7.2K
    Shares

    कोरोना भाइरस पश्चिम एसियाबाट उत्पत्ति भएको दाबी, २५ हजार वर्षदेखि कोरोनाको शिकार बन्दै मानिसहरु
    images

    कोरोना भाइरसबारे एक नयाँ तथ्य सार्वजनिक भएको छ । दुई वर्षयता कहरको रुपमा देखा परेको भाइरस नयाँ भने पक्कै होइन । वैज्ञानिकले यो भाइरस हजारौं वर्ष पुरानो भएको दाबी गरेका छन् । कोरोना भाइरसमाथि गरिएको अध्ययनका क्रममा पछिल्लो २५ हजार वर्षदेखि कोरोना भाइरसले मानिसलाई शिकार बनाउँदै आएको पत्ता लागेको हो ।

    साइन्स जर्नलमा प्रकाशित अध्ययन अनुसार यो भाइरसले २५ हजार वर्षअघि पश्चिम एसियामा कहर वर्षाएको थियो । यो अध्ययन एरिजोना विश्वविद्यालयमा गरिएको थियो ।

    विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर एनार्डले भने, ‘यो भाइरसले सँधै मानिसको स्तर याद दिलाउँदै आएको छ । भाइरसले मानिसलाई बिमार बनायो र उनीहरुको ज्यान लिँदै आएको छ ।’

    प्रोफेसर एनार्डका अनुसार मानिसजस्तै यो भाइरस पनि एक पुस्तादेखि अर्को पुस्तासम्म नयाँ जिनोमका माध्यमबाट विकसित हुने गर्दछ । यो प्रक्रिया हरेक प्याथोजेनमा हुन्छ ।

    हरेक प्याथोजेन परिवर्तिन वातावरणमा घुलमिल हुनका लागि आफ्नो पुस्तामा बदलाव गर्दछन् । ढिलो हुने परिवर्तनलाई इभोल्युसन र छिट्टै हुने परिवर्तनलाई नै म्यूटेशन भनिन्छ ।

    हजारौं वर्ष पुरानो भाइरसको खोजीका लागि अध्ययनकर्ताको टिमले विश्वका २६ अलग–अलग स्थानका दुई हजार पाँचसय ४ जनामाथि अध्ययन गरेका थिए । उनीहरुको जिनोममाथि जाँच गरिएको थियो ।

    कोरोनाजस्तै प्याथोजेन मानिसको डीएनएमा प्राकृतिक तरिकाले परिवर्तित हुँदै अघि बढेको पाइएको छ । यो अध्ययनबाट भविष्यमा कस्ता प्रकारका भाइरस आउन सक्छन् भन्ने ज्ञानका लागि भने निकै महत्वपूर्ण मानिएको छ ।

    एनार्डले कोरोना भाइरसले कोषिकामार्फत शरीरमा संक्रमण गर्ने बताएका छन् । यसले कोषिकालाई हाइजेनक बनाउँछ । त्यसपछि कोशिकाभित्र भाइरसले आफूलाई तोडेर नयाँ भाइरस बनाउँछ । कोरोनाले एकैपटकमा मानिसको शरीरभित्रका हजार भन्दा बढी प्रोटिनसँग सम्पर्क गर्ने गरेको पाइएको छ ।

    साइन्टिफिक रिसर्च अनुसार कोरोना भाइरसले मानिसको शरीरका करिब ४२० प्रकारका प्रोटिनसँग सम्पर्क बनाउने गर्दछ । यीनमा ३३२ प्रकारका प्रोटिनले कोरोना भाइरससँगै सिधा सम्पर्क गर्दछन् ।

    कोरोनाले मानिसको शरीरभित्र रहेका प्रोटिनलाई नष्ट गरेर नयाँ भाइरस बनाउँछ । अध्ययनमा पश्चिम एसियाली मुलुकमा बसोबास गर्ने मानिसमा यस्तो जिन्स भेटिएको छ, जो २५ हजार वर्ष पुरानो भाइरसको सम्पर्कमा आएका छन् । यसको प्रमाण अहिले पनि उनीहरुको शरीरमा छ ।

    यसमा हुने तिव्र म्यूटेनशनका कारण पश्चिम एसियायी मुलुकका मानिसको इम्यूनिटी मजबुत बन्दै गयो । अर्थात यहाँका मानिसहरुमा धेरैपटक कोरोना भाइरसको संक्रमण भएका कारण शरीरमा एन्टीबडी निर्माण भएको पाइएको छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:२६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij