२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा ६३८.६४ प्रतिशतले वृद्धि भई १ करोड ५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको खुद आर्जित बीमाशुल्क ३४६.४२ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानीमा १९८.७२ प्रतिशतको बृद्धि भएको देखिन्छ । त्यस्तै, कुल खर्च १९०.५९ प्रतिशत र दाबी भुक्तानी ३८३.१५ प्रतिशतले बढेको छ ।
कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ। १ रुपैयाँ ५१ पैसाको वृद्धि सहित १ रुपैयाँ ८७ पैसामा पुगेको छ। कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको छ।
कम्पनीको मूल्यरआम्दानी अनुपात१९५.४० गुणामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसामा वृद्धि भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij