Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक

आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक


  • 1.1K
    Shares

    • images
    आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

    कालीमाटीमा आज काउली, गोलभेँडासहितका तरकारीको मूल्य केही घटेको छ। तर, ब्रोकाउलीसहितका केही तरकारीको मूल्य भने बढेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

    कालीमाटीमा आज सानो नेपाली गोलभेँडा ३९, तराईको सानो गालेभेँडा ४२, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ४२, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, बन्दा १७, स्थानीय काउली ५५, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ५५ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि करेला २०, परबल ४५, घिरौँला २५, झिँगुनी ७५, लाम्चो हरियो फर्सी २०, पाकेको फर्सी ४५, भिन्डी ४०, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, कुरिलो ४५०, सजिवन ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरुको आजको मूल्यसूची

     

    प्रकाशित मिति :बैशाख २७ २०८२ शनिवार - ०६:३५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij