Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढ्यो, प्रतितोला कति ?

आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढ्यो, प्रतितोला कति ?


  • 1.7K
    Shares

    • images
    आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढ्यो,  प्रतितोला कति ?
    images

    काठमाडौं । बजारमा सुनको मूल्य आज प्रतितोलामा ६ हजार ९०० रुपैयाँले बढेर २ लाख नजिक पुगेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिन प्रतितोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज मंगलबार बढेर प्रतितोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । 

    अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रतिऔंस ३४०० डलर नाघेको छ ।मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार कायम भएको मूल्य हाल सम्म कै उच्च रहेको छ ।

    चाँदीको मूल्य सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । 

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १०:०८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij