Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रुपन्देहीको दानव नदीमा बेपत्ता थप २ बालक पनि मृत फेला

रुपन्देहीको दानव नदीमा बेपत्ता थप २ बालक पनि मृत फेला


  • 939
    Shares

    • images
    रुपन्देहीको दानव नदीमा बेपत्ता थप २ बालक पनि मृत फेला

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२, अर्दौलीस्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थप २ बालकको शव निकालिएको छ। 

    सशस्त्र प्रहरीका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार गोताखोर टोलीले मंगलबार बिहान दुवै बालकको शव नदीबाट निकालेको हो।

    सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव र १२ वर्षका मुनु हरिजनको शव फेला परेको हो। उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो।

    सुरक्षा बेस लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो।

    बेपत्ता तीन बालकमध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो।

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - ०७:३१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij