Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नयाँ सालको सुरुमै ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नयाँ सालको सुरुमै ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 1.5K
    Shares

    • images
    नयाँ सालको सुरुमै ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं ।  मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो । 

    चैत २१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा भने १७०० रुपैयाँ घटेर कारोबार भएको हो । 

    महासंघका अनुसार एक वर्ष ९२०८० चैत ३० देखि २०८१ चैत २१० अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो । 

    यसैबिच चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।  

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १०:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij