२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij