Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै


  • 8.3K
    Shares

    त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

    काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ ।

    पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि बलियो मनोबलसहित मैदान उत्रिन लागेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि मैदान, कीर्तिपुरमा दिउँसो सवा १ बजेदेखि शुरू हुनेछ ।

    यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो र मलेसिया विरुद्धको दोस्रो खेलमा समान ९ विकेटको जित निकालेको थियो। नेपालले ४ अंक जोडिसकेको छ भने नेदरल्याण्ड्सले आफ्ना दुई खेल सकिँदा २ अंक मात्र जोडेको छ ।

    मलेसियाले आफ्ना दुबै खेल गुमाएको छ। नेपाल आजको खेलमा पनि विजयी भए फाइनल प्रवेश गर्ने छ । डबल राउण्ड रोबिन लिगका आधारमा जारी खेलमा अंक तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसैबीच आजको खेलमा दर्शकहरू सहभागी हुन नपाउने भएका छन् ।

    सरकारले हिजो २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै नेपाल क्रिकेट संघ क्यानले त्रिदेशीय सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - ११:१३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij