Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

बैठकस्थलमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन

बैठकस्थलमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन


  • 708
    Shares

    बैठकस्थलमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन

    काठमाडौं । नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ। 

    उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेका थिए। उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। थापाको उपचारका क्रममा निधन भएको हो। उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ। 

    बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक राखिएको थियो। बैठकमा उनले करिब १० मिनेट बोलेको एमाले नेताहरूले बताएका छन्। 

    थापा गण्डकी प्रदेशका पूर्व सांसद हुन्। उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १६:२२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij