Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण, १६१९ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण, १६१९ को मृत्यु


  • 6.2K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण, १६१९ को मृत्यु
    images

    भारतमा कोरोना भाइरसबाट एकैदिन संक्रमित हुनेको संख्या २ लाख ७३ हजार भन्दा बढि पुगेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ८१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सो अवधिमा कोभिड–१९ का कारण १६ सय १९ जनाको मृत्यु भएको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतमा कुल संक्रमितको संख्या एक करोड ५० लाख ६१ हजार ९ सय भन्दा बढि पुगेको छ । अहिलेसम्म कोभिड–१९ बाट एक लाख ७८ हजार ७६९ जनाको मृत्यु भएको छ ।

    सक्रिय संक्रमितको संख्या १९ लाख २९ हजार ३२९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - ११:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij