२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । साताको दास्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६.७३ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा बन्द भएको थियो ।
यस दिन सो सेसनमा १६.७३ अंक बढेर २७१६.२४ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३४ अंक बढेको छ ।
यस दिन प्रि ओपन सेसनमा ४८ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६५६ रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३० कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयर मूल्य सो सेसनमा स्थिर रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij