Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल-म्यानमारबीच फाइनल खेल‍ : भीआईपी टिकटको २ हजार, ५ वर्षमाथिका बच्चालाई पनि लाग्नेछ शुल्क

नेपाल-म्यानमारबीच फाइनल खेल‍ : भीआईपी टिकटको २ हजार, ५ वर्षमाथिका बच्चालाई पनि लाग्नेछ शुल्क


  • 1.1K
    Shares

    नेपाल-म्यानमारबीच फाइनल खेल‍ : भीआईपी टिकटको २ हजार, ५ वर्षमाथिका बच्चालाई पनि लाग्नेछ शुल्क

    काठमाडौं । चार दे‍शीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलको टिकटदर तोकिएको छ।  

    अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच बुधबार हुने फाइनल खेल लागि भीआईपी सिटका लागि २ हजार रुपैयाँ र साधारण सिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको तोकिएको हो।

    लिगमा भीआईपीतर्फ १ हजार र‌ साधारणतर्फ ५ सय रुपैयाँको‌ टिकट दर राखिएको थियो। त्यस्तै फाइनल खेलका लागि पाँच वर्षभन्दा माथिको उमेरका बालबालिकालाई पनि शुल्क लाग्ने एन्फाले जनाएको छ।  

    च्याम्पियनसिपमा नेपालसहित, लेबनान, ताजकिस्तान र म्यानमार सहभागी छन्। म्यानमार र नेपाल समूह विजेता र उपविजेता बनेर फाइनल पुगेका हुन्। समूह चरणको अन्तिम खेलमा दुई टोली २-२ गोलमा रोकिएका थिए।  

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १५:११:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij