Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

समारिका र स्मारिकासँग रमाउँदै जितु नेपाल

समारिका र स्मारिकासँग रमाउँदै जितु नेपाल


  • 8.1K
    Shares

    समारिका र स्मारिकासँग रमाउँदै जितु नेपाल

    काठमाडौं । हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको ‘पिरतीको चस्मा’ गीतको म्युजिक भिडियो मा जितु नेपालले अभिनय गरेका छन् ।

    पछिल्लो समय टिकटकमा भाइरल जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकालसँग जितु नेपालले अभिनय गरेका हुन् ।

    समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेको गीतको भिडियोमा जितु नेपाल ‘मुन्द्रे’को पनि म्युजिक भिडियोमा पहिलो अनुभव भएको बताइएको छ । उनले आफूले अहिलेसम्म म्युजिक भिडियोमा अभिनय नगरेको बताउँदै पहिलो पटक नाँच्दा रमाइलो अनुभव भएको बताए।

    राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको गीतमा राजन इशानको संगीत संयोजन छ । गीतमा राजा राजेन्द्र पोखरेलको स्वर छ ।

    माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दहालले गरेका हुन् । गीतको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १८:३९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij