Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप

म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलनजिक

म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलनजिक


  • 2.0K
    Shares

    म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलनजिक

    काठमाडौं ।  किर्गिस्तानलाई पराजित गर्दै म्यानमार काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालमा बिहीबार भएको पहिलो खेलमा किर्गिस्तानमाथि ५–० को फराकिलो जित निकाल्दै म्यानमारले फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो।

    म्यानमारले पहिलो खेलमा लेवनानलाई ३–१ गोल अन्तरले हराएको थियो। लगातार दोस्रो जित निकालेको म्यानमार ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। आजै हुने दोस्रो खेलको नतिजापछि मात्र म्यानमार एक खेल अघि नै फाइनल पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ।

    म्यानमारको जितमा युन वाडी लाङ र मे हेथे लुले समान दुई गोल गरे। सान्दार लिन रेले एक गोल थपिन्। खेलको दोस्रो मिनेटमा नै कप्तान सन्दार लिनको उत्कृष्ट क्रसमा योन वाडी लाङको गोलमा म्यानमारले सुरुवाती अग्रता बनाएको थियो।

    नवौँ मिनेटमा किर्गिस्तानकी एलिखान टर्मसको प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै जोगाईन्। खेलको ३० औँ मिनेटमा सान्दार लिनको गोलमा म्यानमारले अग्रता दोब्बर पार्यो। लिनको प्रहारलाई किर्गिस्तानकी गोलरक्षक र डिफेन्डरले जोगाउने मौका पाएनन्।

    खेलको ३६ औँ मिनेटमा योन वाडीको लाको पासमा मे हेथे लुको हेडर गोलमा म्यानमारले ३–० को अग्रता बनायो।एकपक्षीय खेलको ४१ औँ मिनेटमा युन वाडी हिलाङले गोल गर्दै म्यानमारलाई ४–० को अवस्थामा ल्याईन्। डिबक्स भित्रबाट गरेको उनको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो।

    खेलको ४९ औँ मिनेटमा मे हेथे लुले व्यक्तीगत दोस्रो गोल गर्दै म्यानमारलाई ५–० को अग्रता दिलाईन्।

    आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले लेवनानविरुद्ध खेल्नेछ। नेपाल आज लेवनानलाई हराउँदै एक खेल अगावै फाइनल पुग्नेछ। लेवनान भने नेपाललाई पराजित गर्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउने योजनामा छ।

    प्रकाशित मिति :फाल्गुण ८ २०८१ बिहिवार - १६:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij