Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

चीनको २४ लडाकु विमान अनुमति बिना ताईवानको हवाई क्षेत्रमा प्रवेश

चीनको २४ लडाकु विमान अनुमति बिना ताईवानको हवाई क्षेत्रमा प्रवेश


  • 10.8K
    Shares

    चीनको २४ लडाकु विमान अनुमति बिना ताईवानको हवाई क्षेत्रमा  प्रवेश
    images

    ताइपे । ताइवानले चीनको २४ लडाकु विमान अनुमति बिना आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको छ । ताइवानले सोमबार आफ्नो एयर डिफेन्स आइडेन्टिफिकेशन जोनमा अनुमती बिना चिनियाँ लडाकु विमान प्रवेश गरेको बताएको हो । 

    ताइवानको रक्षा मन्त्रालयले लडाकू विमान सहित आणविक बमको क्षमता भएको २४ विमान सोमबार आफ्नो एयर डिफेन्स आइडेन्टिफिकेशन जोन(एडीआईजेड) मा प्रवेश गरेको बताएको छ । 

    चीनको यो घुसपैठ यो वर्षको सबै भन्दा ठूलो घटना हो र अमेरिकाले ‘चीनको बढ्दो घुसपैठ’ लाई चेतावनी दिदैं आएको छ । चीनको राजधानी बेइजिङले ताइवानलाई आफ्नै देशको प्रान्तको रूपमा हेरेको छ । 

    यद्यपि लोकतान्त्रिक ताइवानले आफूलाई एक सार्वभौम राज्यको रूपमा बताउँदै आएको छ । रक्षा मन्त्रालयले चिनियाँ सैनिक लडाकू विमानलाई चेतावनी दिन आफ्नो लडाकू विमान पठाएको छ भने ती विमानहरुको अनुगमन गर्न मिसाइल प्रणाली तैनाथ गरेको बताएको छ । 

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १३:३९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij