Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७ प्रतिशत बढ्यो, कुन सूचकमा कस्तो छ प्रगति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७ प्रतिशत बढ्यो, कुन सूचकमा कस्तो छ प्रगति ?


  • 1.8K
    Shares

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७ प्रतिशत बढ्यो, कुन सूचकमा कस्तो छ प्रगति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआइएमबि)को नाफा ५७ प्रतिशत वृद्धि भएको छ । सोमबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

    ६ महिनामै बैंकले २ अर्ब ८३ करोड २३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ५७.१८ प्रतिशत बढी हो । गत वर्षको पुस मसान्तसम्ममा भने बैंकले १ अर्ब ८० कोड १९ लाख ४४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

    समिक्षा अवधिमा बैंकले ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर, यो गत आवको तुलनामा भने २.३७ प्रतिशत कमी हो ।

    यता, बैंकको कुल संचालन आम्दानी १.८७ प्रतिशत वृद्धि भई ९ अर्ब १ करोड २२ लाख रुपैयाँ कायम भएको छ । यस्तै, खुद संचालन आम्दानी २१.०९ प्रतिशत बढेर ७ अर्ब २३ करोड ९६ लाख र संचालन नाफा ३३.६९ प्रतिशत बढेर ४ अर्ब ४ कोड ३३ लाख रुपैयाँ कायम भएको छ ।

    हाल बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोिड ३५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकको खराब कर्जा भने १.६७ प्रतिशत रहेको छ । यता, प्रतिसेयर आम्दानी पनि ६.०४ रुपैयाँ बढेर १६.६० रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ कायम भएको छ ।

    हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा भने ३१ अर्ब ८९ करोड ५ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेप संकलन पनि ९.२९ प्रतिशत वृद्धि भई ४ खर्ब ४० अर्ब ८७ कोड ९२ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा लगानी पनि ७.६३ प्रतिशत वृद्धि भइृ ३ खर्ब २८ अर्ब ७९ कोड ३० लाख रुपैयाँ कायम भएको छ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - ०८:४८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij