Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकद्वारा ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकद्वारा ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग


  • 414
    Shares

    वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकद्वारा ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

    काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु. ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ ।

    वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ ।

    परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २७ २०८२ बुधवार - १२:२२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij