Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतमा कोरोना : एकैदिन १ लाख ६८ हजारमा सङ्क्रमण, आईसीयू र भेन्टिलेटरको अभाव

भारतमा कोरोना : एकैदिन १ लाख ६८ हजारमा सङ्क्रमण, आईसीयू र भेन्टिलेटरको अभाव


  • 7.1K
    Shares

    भारतमा कोरोना : एकैदिन १ लाख ६८ हजारमा सङ्क्रमण, आईसीयू र भेन्टिलेटरको अभाव
    images

    भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो ।

    भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । यस्तै हिजो मात्रै नौ सय चार जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक लाख ७० हजार एक सय ७९ पुगेको छ । भारतमा कोरोनाको खतरनाक दोस्रो लहर फैलिइरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

    अहिले १२ लाख जना सक्रिय सङ्क्रमित रहेका र उनीहरुको उपचारको लागि आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको पनि सरकारी अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १२:३०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij