Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा प्रवेश

चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा प्रवेश


  • 1.2K
    Shares

    चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा प्रवेश

    काठमाडौं । लिभरपुल एएफ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शनिबार भएको तेस्रो चरणको खेलमा लिभरपुलले एरिङटन स्टान्लेलाई ४–० ले हरायो।

    गएराति भएको खेलमा लिभरपुलका लागि डिएगो जोटाले खेलको २९ औं मिनेटमा पहिलो गोल गरे। उसका लागि दोस्रो गोल पहिलो हाफको अन्तिम समय अर्थात् ४५ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डले गरे। पहिलो हाफमा २–० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको हो।

    दोस्रो हाफको ७६ मिनेटमा जायडन डान्सले टिमका लागि तेस्रो गोल गरे भने खेलको अन्तिम समय अर्थात् ९० औं मिनेटमा फेड्रिको चियसाले गोल गर्दै चार शून्यको शानदार जित निश्चित गरेका हुन्।

    एफए कपका अन्य खेलमा चेल्सीले मोरक्याम्बेलाई ५–० ले हरायो भने नटिङघम फरेस्टले लुओन टाउनसँगको खेलमा २–० को जित निकालेको छ।

    प्रकाशित मिति :पौष २८ २०८१ आइतवार - ०७:५७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij