Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

सुदूरपश्चिममा प्रदेश सरकारले माघीको अवसरमा पुस २९ गते सार्वजनिक बिदा

सुदूरपश्चिममा प्रदेश सरकारले माघीको अवसरमा पुस २९ गते सार्वजनिक बिदा


  • 2.0K
    Shares

    सुदूरपश्चिममा प्रदेश सरकारले माघीको अवसरमा पुस २९ गते सार्वजनिक बिदा
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पुस २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ । पुस अन्तिम दिन थारु समुदायमा बंगुर  मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ ।

    माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन रहेको थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष रूपमा पर्व मनाइन्छ । सो अवसरमा माघ १ गते राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ । त्यसपछि स्थानीय स्तरमा पनि सार्वजनिक बिदा दिइँदै आइएको छ ।

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - १६:३०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij