Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ


  • 659
    Shares

    मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

    काठमाडौं । मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

    मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ । सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । 

    नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा‍ सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

    नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

    605500478_1508958054126262_1037876932083606603_n_l4HrU4Fwre.jpg

     

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १३:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij