Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सात दलका तर्फबाट आज मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने

सात दलका तर्फबाट आज मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने


  • 1.6K
    Shares

    सात दलका तर्फबाट आज मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने

    काठमाडौं । सात दलका तर्फबाट आज मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने भएको छ । आज नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले  बताए । 

    मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न बिहीबार सात दलको बैठक बसेको थियो । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी०, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् । 

    सात दलले सभामुख, मुख्यमन्त्री, विभिन्न आयोगका सदस्य, मन्त्रीलगायतका विषयमा प्याकेजमै सहमति खोज्ने भएका छन् । 

    प्रदेश प्रमुख सुरेन्द्र लाभले सरकार गठनका लागि आजसम्मको समयसीमा दिएपछि दलहरूको दौडधुप बढेको छ । यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । 

    प्रकाशित मिति :मंसिर १९ २०८२ शुक्रवार - १०:२१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij