२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गरेका छन् ।
केहीबेर अघि मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij