Logo

२०८२ माघ १८ गते आइतवार

२०८२ माघ १८ गते आइतवार

फागुन २१ निर्वाचनका लागि गोरखाबाट कांग्रेसका ३१ जना उम्मेदारको आकाङ्क्षी (नामावलीसहित)

फागुन २१ निर्वाचनका लागि गोरखाबाट कांग्रेसका ३१ जना उम्मेदारको आकाङ्क्षी (नामावलीसहित)


  • 1.8K
    Shares

    फागुन २१ निर्वाचनका लागि गोरखाबाट कांग्रेसका ३१ जना उम्मेदारको आकाङ्क्षी (नामावलीसहित)

    गोरखा। आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस वडा र क्षेत्रीय तहका कार्यसमितिहरुले दुई वटै क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका आकाङ्क्षीहरुको नाम सङ्कलन गरी ३१ जनाको नाम जिल्ला कार्यसमितिमा सिफरिस गरेको हो ।

    गोरखा क्षेत्र नम्बर १ बाट पूर्व सांसद राजेन्द्र बजगाई, भुगोल थापा, युवराज बस्ताकोटी, जर्नादन अर्याल, प्रेम खत्री, जानुका पन्त, पूर्ण दाहाल, डिल्लीराज तिमेल्सना, चिनकाजी श्रेष्ठ र रचन परियारको नाम क्षेत्रीय समिति सिफारिस सूचीमा समावेश भएको  कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए ।

    यसैगरी, समानुपातिकतर्फ कमला लामिछाने, जगत बराम, हरिबहादुर गान्धारी, सन्तबहादुर गुरुङ, परशुराम भट्ट, ईश्वर पाण्डेको नाम सिफारिस सूचीमा परेको कांग्रेस गोरखाले जनाएको छ ।

    गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ दीपक बाबु कडेल, मोहन प्रकाश पोखरेल, प्रकाश चन्द्र दुवाडी, ओम गुरुङ, बेदप्रसाद काप्री, फडिन्द्र धिताल, नबिन श्रेष्ठको नाम सिफारिस सूचीमा परेको कांग्रेस जिल्ला सचिव थापाको भनाइ छ ।

    २ नम्बर क्षेत्रको समानुपातिक तर्फ शोभा अधिकारी, मनोज धिताल, इश्वरबहादुर परियार, अम्बिका न्यौपाने, सलाउदिन मियाँ र रबिकला खनालको नाम सिफारिस भएको बताइएको छ ।

    दुबै क्षेत्रीय समितबाट नाम सिफरिस जिल्ला कार्यसमितमा आइसकेकाले जिल्ला कार्यसमिति गोरखाको बैठक बसी आवश्याक निर्णय प्रदेश पठाउने कार्यतालिका रहेको जिल्ला सचिव थापाले बताए ।

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - ०९:३१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij