Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

पश्चिम बंगाल विधानसभा निर्वाचन : कसले हात पर्ला दार्जीलिङ ?

पश्चिम बंगाल विधानसभा निर्वाचन : कसले हात पर्ला दार्जीलिङ ?


  • 7.4K
    Shares

    पश्चिम बंगाल विधानसभा निर्वाचन : कसले हात पर्ला दार्जीलिङ ?
    images

    पश्चिम बंगालको दार्जीलिङ क्षेत्रमा गोर्खाल्यान्ड बनाउनका लागि लामो समयदेखि माग आइरहेको छ । 

    गोर्खाल्यान्डका तीन ठूला योद्धा छन् : विमल गुरुङ, विनय तामाङ र मन घिसिङ । हुन त विमल र विनय तृणमूल कांग्रेसकी ममता बनर्जीसँग रहेको बताइन्छ र उनीहरूको उम्मेदवार एकअर्काका विरुद्ध लडिरहेका छन् । तृणमूल गुरुङसँग छ भने पहाडको इकाइ हिल टीएमसी तामाङसँग छ । 

    खर्स्याङका मदन गिरी ममता यी दुईमा मित्रता गराउन सकिनन् कि जानीबुझी यिनीहरूको मित्रता गराउन चाहँदिनन् भनी प्रश्न सोध्छन् ।

    दार्जीलिङका रोशन थापा सोध्छन्, ‘हामी गुरुङ र तामाङको शत्रुतालाई भाजपासँगको मित्रता मानौं कि ममता बनर्जीसँग दुश्मनी ? फेरि दुवैजना ममतासँग रहेको बताउँछन् । यो कस्तो साथ हो ?’

    कालिम्पोङका हरि बहादुर क्षेत्री सोध्छन्, ‘गोर्खाल्यान्ड लिने हो भने किन झगडा गर्नु ? यिनीहरू सबै ठूला पार्टीका मोहरा हुन् । हामीसँग अन्य विकल्प पनि त छैन ।’

    यी दुई योद्धाको लडाइँ भाजपाका लागि लाभदायक छ । गोर्खाल्यान्ड आन्दोलनका सबभन्दा ठूला नेता सुभाष घिसिङका छोरा मन भाजपासँग छन् । 

    मनले गोर्खाल्यान्ड भाजपाले नै दिलाउने बताए । भाजपाले गोर्खाल्यान्डलाई पर्मानेन्ट पोलिटिकल सोल्युसनका रूपमा परिभाषित गरेको छ । यो समाधान के हो भन्ने चाहिँ भाजपाले स्पष्ट पारेको छैन । 

    गोर्खा समुदायका ११ जातिलाई जनजातिको दर्जा दिने माग चुनाव आएसँगै चर्किएको छ । भाजपाको यो पुरानो वाचा पूरा भएको छैन । भाजपा नेता कैलाश विजयवर्गीयले गोर्खालाई नेपाली भनिदिए । यसलाई विनय तामाङले खुबै चर्को स्वरमा उठाए । 

    ममता बनर्जी पनि शुरूदेखि नै गोर्खा समुदायलाई खुशी बनाउन लागिपरेकी छन् । सन् २०१६ मा फरक फरक गोर्खा जातिका लागि विकास बोर्ड बनाइन् । कालिम्पोङ जिल्ला बन्यो । गोर्खा समुदायका मानिस राज्यसभा पठाइए तर चुनावी रूपमा यसको फाइदा उनीहरूलाई भएन । 

    पछिल्लो विधानसभा चुनावमा टीएमसी पहाडका तीनैवटा सीटमा हारेको थियो । सन् १९९६ देखि २००६ सम्म तीनैवटा विधानसभा सीटमा सुभाष घिसिङको गोर्खा नेसनल लिबरेसन फ्रन्टको कब्जा रह्यो । त्यतिखेर बंगालमा कम्युनिस्टहरूको शासन थियो । 

    सन् २०११ र २०१६ को विधानसभा चुनावमा विमल गुरुङको गोर्खा जनमुक्ति मोर्चाले घिसिङको फ्रन्टलाई हराएको थियो ।अहिलेको चुनावको परिणामले गोर्खाल्यान्ड बन्ने नबन्ने निश्चित गर्ने विश्लेषकहरू बताउँछन् । एजेन्सी

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १४:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij