Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

अभिनेता सतिश कौलको कोरोनाका कारण मृत्यु

अभिनेता सतिश कौलको कोरोनाका कारण मृत्यु


  • 33.8K
    Shares

    अभिनेता सतिश कौलको कोरोनाका कारण मृत्यु
    images

    मुम्बई । महाराष्ट्रका दिग्गज अभिनेता सतिश कौलको निधन भएको छ । कोरोनाभाइरससँग लडिरहेका उनको शनिबार निधन भएको हो ।

    कौरकी बहिनी सत्या देवीले उनको निधनको पुष्टि गरेकी हुन् । उनले इन्डियन एक्सप्रेसलाई भनिन्, “पछिल्लो ५–६ दिनदेखि उहाँलाई ज्वरो आइरहेको थियो । त्यसैले बिहीबार उहाँलाई हामीले श्री रामा च्यारिटेबल अस्पताल भर्ना गरायौँ । अस्पताल भर्ना गराएपछि हामीले थाहा पायौँ कि उनलाई कोरोना संक्रमण भएको रहेछ ।” उनको पार्थिव शरीरको आइतबार अन्त्येष्टि गरिने पनि सत्याले जानकारी दिएकी छिन् ।

    गत वर्ष मिडियासँग कुरा गर्दै कौलले देशव्यापी लकडाउनका कारण आर्थिक पीडामा परेको बताएका थिए । उनले भनेका थिए, “म औषधि, ग्रोसरीलगायत आधारभूत आवश्यकताहरुका लागि पनि संघर्ष गरिरहेको छु । म इन्डष्ट्रिका मानिसहरुसँग मलाई सहयोग गर्न अपिल गर्छु । मैले अभिनेताका रुपमा धेरै माया पाएको छु । अब भने एक मानवको रुपमा केही सहयोग चाहन्छु ।”

    ७४ वर्षीय कौलले पन्जाबी, हिन्दी गरी ३०० चलचित्रमा काम गरेका छन् । उनी चर्चित धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भगवान् इन्द्रको भूमिकामा थिए । उनले ७० को दशकमा अभिनय करियर सुरु गरेका थिए । उनको चर्चित बलिउड चलचित्रमा ‘राम लखन’, ‘प्यार तो होना हि था’, ‘अन्टि नम्बर १’ रहेका छन् । एजेन्सी

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १४:०६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij