Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

चीनको एक कोइला खानीमा पानी भरिँदा फसे २१ कामदार

चीनको एक कोइला खानीमा पानी भरिँदा फसे २१ कामदार


  • 5.6K
    Shares

    चीनको  एक कोइला खानीमा पानी भरिँदा फसे २१ कामदार
    images

    चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा बाढीका कारण २१ जना कामदार फसेका छन् । सिन्ह्वाका अनुसार शनिबार २९ जना कामदारले काम गरिरहेको खानीमा बाढीको पानी भरिएको थियो । हालसम्म ८ जनाको उद्धार गरिएको छ।

    हुटुबी काउन्टीको खानीमा फसेका २१ जनालाई हाल उद्धारको प्रयास जारी राखिएको बताइएको छ । उद्धारकर्ताका अनुसार हाल श्रमिकहरु फसेको स्थान पत्ता लागिसकेको छ । उनीहरुलाई सास फेर्न गाह्रो हुन नदिनको लागि खानीमा अक्सिजन पम्प गरिएको छ । साथै पानीलाई पनि बाहिर फ्याँक्ने काम जारी राखिएको छ ।

    चीनका खानीहरु विश्वमै खतरनाक मानिन्छन् । गत जनवरीमा मात्र सान्दोङको सुनखानीमा बिस्फोट हुँदा दुई कामदारको मृत्यु भएको थियो । त्यसअघि गत डिसेम्बरमा चोङकिङको एक खानीमा २३ जनाको मृत्यु हुँदा त्यसको तीन महिना अगाडि अर्को कोइला खानीमा १६ जनाको मृत्यु भएको थियो । एजेन्सी

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १३:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij