Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन


  • 9.2K
    Shares

    नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज (बिहीबार) अन्तिम दिन रहेको छ ।

    कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयरमा बिहीबार कार्यालय समयसम्म बोलपत्र पेश गर्न सकिनेछ । प्रिमियरले आफ्नो स्वामित्वमा रहेको कोषको सेयर चैत ११ गतेदेखि लिलामीमा ल्याएको हो ।  

    कोषको संस्थापक सेयरको न्यूनतम भाउ प्रतिकित्ता १३ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई आधार मानेर सो वा सोभन्दा बढी भाउ अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
     
    लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १०:४४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij