२०८२ भाद्र २३ गते सोमवार
सन् २००९ मा रिलिज फिल्म ‘ह्यारी पोर्टर’ र ‘द हाफ ब्लड प्रिन्स’का ब्रिटिस अभिनेता पल रिटरको निधन भएको छ । उनी पछिल्लो समयमा ब्रेन ट्युमरको बिरामी थिए ।
एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनी ५४ वर्षका थिए । उनको प्रतिनिधिले निधनको पुष्टि गरेका छन् ।
फिल्म ‘ह्यारी पोर्टर’मा विजर्ड एल्डरेड बोर्पलेको भूमिका निभाएका कारण पलले निकै तारिफ पाएका थिए । उनको परिवारमा पत्नी पोली र छोराहरु फ्रैंक र नोआह छन् ।
उनले सन् २००८ मा रिलिज जेम्स बोण्ड फिल्म ‘क्वेन्टम अफ सोलस’मा पनि अभिनय गरेका थिए । उनको जन्म डिसेम्बर २०, १९६६ मा ग्रेवसेण्ड केंटमा भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij