Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

सबै अमेरिकीलाई अप्रिल १९ देखि कोरोनाविरुद्धको  खोप : राष्ट्रपति जो बाइडेन

सबै अमेरिकीलाई अप्रिल १९ देखि कोरोनाविरुद्धको  खोप : राष्ट्रपति जो बाइडेन


  • 6.9K
    Shares

    सबै अमेरिकीलाई अप्रिल १९ देखि कोरोनाविरुद्धको  खोप : राष्ट्रपति जो बाइडेन
    images

    अमेरिकाका सबै वयस्क नागरिकले आगामी अप्रिल १९ देखि कोरोना विरुद्धको खोप पाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् ।

    मंगलबार अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानको भ्रमणपछि उनले उक्त घोषणा गरेको समाचारहरुमा उल्लेख छ । यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए । 

    उनका अनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइसकिएको छ । यहाँ खोप लगाउन सुरु गरिएको १ सय दिनभित्र २० करोड  खोप दिइसक्ने लक्ष्य लिइएको थियो ।  

    राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ ।
     

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १२:१७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij