Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री

लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री


  • 1.5K
    Shares

    लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री
    images

    काठमाडौं । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन् ।

    नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए।

    सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिए पनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ ।

    नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - १६:२०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij