Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल हुँदै

आज आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल हुँदै


  • 8.5K
    Shares

    आज आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल  हुँदै

    पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा खेल आज हुँदैछ ।

    पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुई टिमबीच यसअघि आहा रारामा ७ खेलमा प्रतिस्पर्धा भएको छ ।

    जसमा पुलिसले ६ खेल जितेको छ । थ्री स्टारले एक मात्र खेल जितेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ ।

    यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १२:०२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij