Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

इन्डोनेसियामा बाढी : मृत्यु हुनेको संख्या ५० पुग्यो

इन्डोनेसियामा बाढी : मृत्यु हुनेको संख्या ५० पुग्यो


  • 6.8K
    Shares

    इन्डोनेसियामा बाढी : मृत्यु  हुनेको संख्या ५० पुग्यो
    images

    इन्डोनेसिया र पूर्वीए टिमोरमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण कयौं भौतिक संरचनाहरुमा क्षति पगेको छ ।

    बाढीका कारण टापुहरुमा क्षति पुगेको बीबीसीले जनाएको छ । इन्डोनेसिया र पूर्वी टिमोरमा बाढीले अत्याधिक क्षति पुर्याएको बताइएको छ । इन्डोनेसियाका प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले बाढी र पहिरोमा मृत्यु हुने र प्रभावितको संख्या अझै बढ्न अनुमान गरेका छन् ।

    विभागका प्रवक्ता रादित्य जातीले इन्डोनोसियाका चार जिल्ला र सात गाउँमा बाढीले अत्याधिक क्षति पुर्याएको छ । विभिन्न क्षेत्रमा हराइरहेका मानिसहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    यता टिमोर लेस्टरका अधिकारीहरुले राजधानी डिल्लीमा पनि हराइरहेकाहरुको खोजी भइरहेको जनाएका छन् । त्यहाँ ११ जनाको मृत्यु भएको बताइएको छ । एजेन्सी 

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - ११:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij