Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कथा ‘हराएका वर्षहरू’ युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल

कथा ‘हराएका वर्षहरू’ युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल


  • 3.7K
    Shares

    कथा  ‘हराएका वर्षहरू’ युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल
    images

    काठमाडौं । हेर्ने कथाले ‘हराएका वर्षहरू’ शीर्षकमा युट्युबको ट्रेन्डिङ १ मा परेको छ ।

    काठमाडौंबाट हराएर वर्षौंदेखि परिवारबाट टाढिएर बस्न बाध्य प्रकाश (काले तामाङ)को परिवारसँगको पुनर्मिलन देखाइएको उक्त भिडिओ नेपालमा ट्रेन्डिङ १ मा परेको हो ।

    भ्युस्ट्याटका अनुसार ‘हराएका वर्षहरू’ नेपालमा तीन दिनमै सबैभन्दा बढी भ्युज पाउने हेर्ने कथाको भिडिओ बनेको छ । साथै हेर्ने कथाको कुनै पनि भिडिओले कम समयमा बढी भ्युज पाउनेमा ‘हराएका वर्षहरू’ बनेको छ ।

    अविश्वसनीय लाग्ने घटनाक्रम देखाइएको १ घण्टा १० मिनेट लामो भिडिओमा यस समाचार तयार पार्दासम्म करिब ३८ लाख भ्युज, ३६ हजार बढी कमेन्ट र तीन लाख बढी लाइक आएको छ ।

    युट्युब कमेन्ट लगायत सामाजिक सञ्जालका विभिन्न माध्यममा अधिकांशले हेर्ने कथाको प्रयासलाई प्रशंसा गरिरहेका छन् । धेरैले यस भिडिओलाई हेर्ने कथाको ‘मास्टरपिस’का रूपमा व्याख्या गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत भिडिओको प्रशंसा गरेका छन् ।

    भिडिओ हेरेपछि उनले प्रकाशलाई भेट्न चाहेको बताउँदै नागरिकता बनाउन सहयोग गर्ने जनाएका छन् । सामाजिक सञ्जालमा कतिपयले प्रकाश पुनस् गोठालो गर्न छेकम्पार गएपछि हेर्ने कथा टिममाथि प्रश्न गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमा आँशुको कथा देखाएको, प्रकाशलाई आर्थिक सहयोग नगर्दा फेरि परिवारबाट टाढिनु परेको, महोत्सवहरूमा देखाएर  ढिला गरी युट्युबमा राखेको लगायतका टिप्पणी गरेका छन् ।

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - १०:५५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij