२०८२ फाल्गुण २७ गते बुधवार
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फको मतगणना पनि सकिएको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा मंगलबार नै सार्वजनिक भएको थियो। समानुपातिकतर्फका ११० सिटका लागि पनि मतगणना सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए।
निर्वाचन आयोगका अनुसार, समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको छ। त्यसमध्ये एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको सूचना अधिकारी घिमिरेले बताए।
समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत बदर भएका छन्। करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ। सदर भएका मतमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ८१ हजार ३३० मत पाएको छ। यो ४७.८ प्रतिशत हो। त्यस्तै, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३ मत पाएको छ। कांग्रेसले सदर मतको १६.२ प्रतिशत हो। नेकपा (एमाले)ले १४ लाख ५५ हजार ६६९ मत पाएको छ। यो १३.४ प्रतिशत हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ३९३ अर्थात ७.५ प्रतिशत मत पाएको छ। पाँचौ नम्बरमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ अर्थात ३.६ प्रतिशत र छैटौँ नम्बरमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार ६४९ अर्थात ३.१ प्रतिशत मत पाएको छ।
अन्य दलले ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत पाउन सकेनन्। समानुपातिकमा सिट पाउनका लागि सदर मतको ३ प्रतिशत मत आउनुपर्छ। समानुपातिकको मतगणना सकिएसँगै निर्वाचन आयोगले सिट बाँडफाँडमा लागेको छ। अब आयोगले दलहरूले पाउने सिटका आधारमा सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ। त्यसपछि आयोगले समानुपातिक सूचीबाट दलहरूका सांसद निर्वाचित भएको घोषणा गर्नेछ।
अन्य दलले पाएको मत:
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij