Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

टिकटक खुलाउन सरकारले पत्राचार नगर्दा अझै हटेन प्रतिबन्ध

टिकटक खुलाउन सरकारले पत्राचार नगर्दा अझै हटेन प्रतिबन्ध


  • 2.3K
    Shares

    टिकटक खुलाउन सरकारले पत्राचार नगर्दा अझै हटेन प्रतिबन्ध

    काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भए पनि औपचारिकरुपमा पत्राचार नगर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रतिबन्ध कायमै राखेका छन् ।

    ]भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको बताएका थिए । यो सर्त के–कस्तो छ भन्ने कुरा भने सार्वजनिक भएको छैन ।

    यसअघि गत कात्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यतिबेला पनि टिकटकले विभिन्न सर्तहरु मानेमा प्रतिबन्ध हटाउने सरकारले बताउँदै आएको थियो ।

    वर्तमान सरकारले यस विषयमा हालसम्म दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई भने पत्राचार गरेको छैन ।  प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले हालसम्म प्रतिबन्ध हटाउन प्राधिकरणलाई पत्र नआएको बताए ।

    प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन नदिएका कारण औपचारिकरुपमा नै टिकटकमाथिको प्रतिबन्ध भने हटेको छैन ।  प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक ब्लक नगर्न वा टिकटकमा पहुँच दिन निर्देशन दिएपछि मात्रै टिकटक औपचारिकरुपमा चल्छ । तर, अहिले नै पनि धेरै जसो इन्टरनेट सेवा प्रदायकको नेटकर्वमा टिकटक चलिरहेको छ ।
     

    प्रकाशित मिति :भाद्र ११ २०८१ मंगलवार - १४:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij