Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आहा रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने

आहा रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने


  • 16.1K
    Shares

    आहा रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने

    काठमाडौं । १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आउँदो शनिबार हुनेछ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्नेछ ।

    प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार रुपैयाँ पुरस्कार जित्नेछ । उपविजेताले पाँच लाख एक हजार पाउनेछ ।प्रातियोगिताको अनुमानित आम्दानी एक करोड २९ लाख एक हजार रुपैयाँ र अनुमानित खर्च एक करोड एक लाख ८१ हजार रुपैयाँ हुने आयोजकले जनाएको छ ।

    वेस्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १८औँ संस्करणको विजेता मनाङ–मर्स्याङदी क्लब र उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १५:५०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij