Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेतासँग गरिन् विवाह

अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेतासँग गरिन् विवाह


  • 2.2K
    Shares

    अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेतासँग गरिन् विवाह
    images

    काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा दुईबिच विवाह भएको हो ।

    श्रेष्ठ वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी वराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

    उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुई जनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह हो ।

    प्रकाशित मिति :भाद्र ३ २०८१ सोमवार - १८:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij