Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक....

केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक....


  • 4.3K
    Shares

    केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक....
    images

    काठमाडौँ। प्रसाद फिल्मको चर्चित ‘गीत लै लै’ मा आवाज दिएपछि केतन क्षेत्रीलाई नचिन्ने कमै छन् । नेपाली संगीत बजारमा उनको लोकप्रियता निकै लोभलाग्दो छ । उनले अहिलेसम्म धेरै गीत् बजारमा ल्याइसकेका छन्, यसपटक अर्को गीत भिडियोसहित सार्वजनिक गरेका छन् ।

    दरवारमार्गमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच उनको नयाँ प्रस्तुती ‘‘संसारै मायाँको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस कार्यक्रममा उनको टिम, केहि पत्रकार, केहि नेपाली फिल्म उद्योगका कलाकार तथा निर्देशक पनि उपस्थित थिए । त्यसबाहेक केतनका फ्यानहरुरुको पनि बाक्लो उपस्थिती थियो ।

    गीतको संगीत, मिक्सिङ, र मास्टरिङ एटीएफओईएस स्टुडियोले तयार पारेको हो । भिडियोमा सान्या केशवानीसँगै केतन क्षेत्री लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । मेकअप कलाकारको रूपमा सरिश्मा थापा संलग्न छिन्, लाइटको व्यवस्थापनमा नबिन बोगटीले काम गरेका छन् ।

    सिनेमाटोग्राफी र सम्पादन समिर भिजन, कलर ग्रेडिङ थॉमस जीएम र समिर भिजनले गरेका छन् भने भिडियोको निर्देशन थॉमस जीएमले गरेका हुन् । यसलाई पुजन श्रेष्ठले निर्माण गरेका हुन् ।

     

    प्रकाशित मिति :भाद्र १ २०८१ शनिवार - १७:५८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij