२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक प्री ओपन सेसनमा २६.४८ अंकले बढेको छ ।
अहिले नेप्से परिसूचक २६४५.५० विन्दुमा कारोबार भइरहेको छ । आज प्री सेसनमा २६.४८ अंक बढेर २६४५.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ । बुधबार नेप्से परिसूचक २६१९.०२ विन्दुमा बन्द भएको थियो ।
बिहीबार प्रि ओपन सेसनमा ६७ कम्पनीको १ करोड ६६ लाख १८ हजार ६९४ रुपैयाँ बराबरको २२ हजार ४०८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij