Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक (भिडिओ)

‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक (भिडिओ)


  • 3.4K
    Shares

    ‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक (भिडिओ)
    images

    काठमाडौं । फिल्म ‘छक्कापञ्जा ५’ को पहिलो गीत सार्वजनिक भएको छ। ओएसआर युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘बिहे भाको छैन’ बोलको गीत सार्वजनिक गरिएको हो। 

    कलाकार केदार घिमिरे (माग्ने बूढा) को न्यारेसनसँगै गीत सुरु हुन्छ। भन्छन्, ‘एउटा थियो राजा, एउटा थिइन् रानी१ यो अद्भूत जोडीको प्रेमकहानी।’

    त्यसपछि रोमान्टिक गीतको भिडिओमा देखिन्छन्- मुख्य कलाकार दीपकराज गिरी र वर्षा शिवाकोटी। बिहेका लागि केटा फकाउन गरिएको कोसिसलाई गीतमा देखाइएको छ।

    गिरीसहित दीपक शर्माको शब्द रहेको गीतमा बेनिशा पौडेल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ। शर्माकै संगीत रहेको लोकलयमा आधारित गीत डान्सिङ प्याटनमा तयार पारिएको छ। गीतको भिडिओमा सुनील क्षेत्रीको कोरियोग्राफी छ।

    फिल्मको कार्यकारी निर्माता केदारसहित निर्मल शर्मा हुन्। दीपाश्री निरौला निर्देशित यो फिल्म दसैँ फूलपातीको अवसरमा असोज २४ गते रिलिज हुँदै छ।

    हेर्नुहोस् गीतको (भिडिओ)

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - १०:३०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij