Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

गोरखामा भाद्र १० गते तीज गित प्रतियोगिता हुने, पहिलो पुरस्कार नगद ४० हजार

गोरखामा भाद्र १० गते तीज गित प्रतियोगिता हुने, पहिलो पुरस्कार नगद ४० हजार


  • 3.1K
    Shares

    गोरखामा भाद्र १० गते तीज गित प्रतियोगिता हुने, पहिलो पुरस्कार नगद ४० हजार

    गोरखा ।  गोरखा सदरमुकाममा भाद्र १० गते सोमबार तीज गित प्रतियोगिता हुने भएको छ । प्रतियोगिता लायन्स क्लब अफ गोरर्खाकालिकाले आयोजना गरेको हो । क्लबले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताकोलागि तयारी हुदै गरेको जानकारी दिए ।

    क्लबका अध्यक्ष सारदा खत्रीले प्रतियोगिता सम्पन्न गर्न विभिन्न १० उप समिति समेत निर्माण गरेको बताए । गोरखा नगरपालिका–६ को रानीपोखरी परिषरमा हुने प्रतियोगितमा नगरपालिका स्तरिय हुने भएको छ ।

    क्लब पहिलो पटक आयोजना गरेको प्रतियोगितामा नगरपालिका क्षेत्र भित्रका १४ वडाबाट २–२ समूहले प्रतिस्पर्धा गर्ने छन् । ‘खुशी बाडौं’ भन्ने नारा दिएको प्रतियोगितामा पहिलो, दोस्रो र तृतिय हुने समूहले क्रमश.४०, ३० र २० हजार नगद सहित र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सान्त्वना हुने २ समूहलाई पनि ५–५ हजार नगद र प्रमाणपत्र दिने निर्णय भएको पत्रकार सम्मेलनमा खत्रीले बताए ।

    स्थानिय लोक, कला तथा संस्कृती हराउदै गएको भन्दै प्रतियोगिताको आयोजना गरिएको पनि क्लबका अध्यक्ष खत्रीले पत्रकार सम्मेलनमा बताए ।

    उक्त दिन कृण्ण जन्म अष्टमी तथा सोमबार परेका कारण प्रतियोगिता हेर्नेको ठुलो भिड लाग्ने अनुमान आयोजक क्लबले गरेको छ । प्रतियोगिताभर ५ लाख ६० हजार खर्च हुने अनुमान गरेको क्लबले ७ लाख आम्दानी गर्ने र बचत रकमले सामाजिक काम गर्ने सचिब लक्ष्मी श्रेष्ठले जानकारी दिए । क्लब स्थापनादेखी नै शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा गर्दै आएको उनले बताए ।

    प्रकाशित मिति :श्रावण २७ २०८१ आइतवार - १८:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij